?????????????????????????????????????????????????????????

बेनिघाट रोराङ गाउँपालिका

श्रीमान श्रीमतीनै मृत भेटिए, घटना रहस्यमय

By धादिङ न्यूज

August 03, 2021

धादिङ, १९ साउन । धादिङको बेनघिाटरोराङ गाउँपालिका २ हुर्रेमा सोमबार श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सडकमा घोप्टो परेको अबस्थामा मृत भेटिएको र नीज महिलाको श्रीमान रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

साविक महादेवस्थान गाविसको ताल्ती हुर्रे बस्ने अन्दाजी वर्ष ४४ वर्षिय भिम मायाँ विक आफ्नै घर देखि अन्दाजी ५०० मिटर टाढा कच्ची सडक खण्डमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन भने सोही स्थानबाट ५० मिटर टाढा नीज महिलाको श्रीमान अन्दाजी ५० वर्षिय तिर्थ विक खनाएको रुखमा सलको पासो लगाएर झुण्डिएर मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । बिहान भरी आफ्नै खेतमा काम गरेर खाना खान घर फर्किएका दम्पती घर नजिकै रहस्यमय टंगबाट मृत अवस्थामा भेटिएका हुन ।

तिर्थले बोकेको कोदालोको टाउकोमा थोरै रगत देखिएकाले श्रीमान श्रीमतीका बिचमा कुनै बिषयमा मनमुटाव भई रिसको आवेगमा कोदालोले उनले श्रीमतीको टाउकोमा हानेपछि भिममायाले मृत्यु भएको र सोही घटनापछि तिर्थले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

श्रमान श्रीमतीनै मृत अवस्थामा भेटिएपछि स्थानीयले विभिन्न शंका उपशंका गरेका छन् । प्रहरीले दुवैको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको छ । मृतकका दुई छोरा घरमा नभएकाले सोमबार राती मात्रै उनिहरु घटनास्थल आईपुगेका थिए । । उनीहरुको मृत्यु हत्या, आत्महत्या वा प्राकृतिक के हो भन्ने बारेमा पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान पछि मात्रै बाहिर आउने प्रहरीले जनाएको छ ।