हाम्रो पालिका

धादिङमा एमालेको वडा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

By धादिङ न्यूज

October 23, 2021

धादिङ, ६ कार्तिक – धादिङमा नेकपा एमाले वडा अधिवेशन उत्साहजनक ढंगबाट सञ्चालन भई सबैवडामा सर्वसम्मत नेतृत्व चयन भईरहेको छ ।

 धादिङको दुई नगरपालिका र ११ गाउँपालिकाको समेत गरी १३ वटै  वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका हुन् । १०४ वडामध्ये शनिवार राती ११ वजे सम्ममा धुनिबेसी, थाक्रे, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, र खनियाबासको सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले धादिङले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका प्रचार बिभाग प्रमुख राधिका सापकोटाका अनुसार त्रिपुरासुन्दरी ६, गल्छीमा ५, गंगाजमुनामा ४, रुबिभ्यालीमा ३ र नेत्रावतीमा ३ ओटा वडामा अधिवेशन भएको छ । बाँकी रहेका वडाहरुमा आगामी १३ गते भित्रमा अधिबेशन सम्पन्न गरि नयाँ नेत्तृत्व चयन गरिनेछ ।

शनिबार धादिङ लगायत देशभर एक साथ एमालेको वडा अधिवेशन भएको हो । बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  देशभरका सबै वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट एकसाथ सम्वोधन गर्दै वडा अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।देशभर रहेका ६ हजार ७४३ वटै वडामा एकैदिन वडा अधिवेशन गर्ने भनिएको भए पनि केही वडाहरुमा बाढीपहिरो र अति वर्षाका कारण अधिवेशन सुरु गर्न सकिएको थिएन ।र कतिपय स्थानमा आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन सम्पन्न हुन सकेका छैनन । यसैक्रममा गल्छी गाउँपालिका वडा नम्बर ६ को कात्तिक १३ गते कुसुन्डाँडामा र वडा नम्बर ७ को कात्तिक १२ गते राममन्दिर भल्टारमा अधिबेशन गर्न लागिएको नेकपा एमाले गल्छी गाउँ संगठन समितिले जनाएको छ ।

थांक्रे गाउँ संगठन कमिटीको आयोजनामा ११ वटै वडाको अधिबेशन संयुक्त रुपमा थांत्रले गाउँपालकाको बालुवाफाँटमा सम्पन्न भएको हो । अधिबेशनलाई पार्टीका जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीले सम्वोधन गर्नु भएको थियो ।यसै गरी एमालेका केन्द्रिय सदस्य एवम धादिङ जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को अधिबेशनलाई सम्वोधन गर्नु भएको थियो । त्यसै गरी ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ को अधिबेशनलाई एमाले वागमती प्रदेश कमिटीका सदस्य जानुका सिम्खडा, ज्वालामुखी ३ को अधिबेशनलाई वागमती प्रदेश कमिटीका सदस्य रामप्रसाद अधिकारीले सम्वोधन गर्नु भएको थियो ।

एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत  वडा अधिवेशन भएको छ भने कार्तिक ९ गते पालिका अधिवेशन हुँदै छ । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमै हुँदै छ ।

धादिङमा वडामा निर्वाचित पदाधिकारीको नाम सार्वजनिक हुने तयारी भइरहेको जिल्ला कमिटीले जानकारी दिएको छ ।आईतबार मात्रै सार्वजनिक हुने भएको छ । जिल्लाको भौगोलिक अबस्थाका कारण सबै स्थानबाट सञ्चार सम्पर्क हुन नसक्दा र कतिपय स्थानमा राती अबेर सम्म अधिबेशनको वन्द सत्र चलिरहेको हुँदा आईतबार मात्रै सबै पदाधिकारीको नाम बाहिर आउने भएको हो ।

यसै बिच वडा अधिबेशनकै क्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसबाट ७० भन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले त्रिपुरासुन्दरी गाउँसंगठन समितिले जनाएको छ ।

हेर्नुहोस्, एमालेको वडा अधिवेशनबाट को–को अध्यक्षमा चुनिए ?

रुवीभ्याली गाउँपालिका 

१. पासाङ घले २. सुव्वा थापा तामाङ ३. ४. ५.

खनियाबास गाउँपालिका  १ २ ३ ४ देवबहादुर तामाङ ५ ६

गंगाजमुना गाउँपालिका  १ २ ३ ४ ५ ६.नबराज ढकाल ७ .राजकुमार थापा ‘ सानु’

त्रिपुरासुन्दरी गाउँपालिका  १ हरि बसौला २ श्याम पाठक ३.कमल थापा ४ ५ .आशिष थापामगर ६. देव बसौला ७. गकुल अधिकारी

नेत्रावती डवजङ गाउँपालिका  १ .रामबहादुर पन्त २ ३ ४.सानुकान्छा तामाङ ५ .इश्वर थापामगर

नीलकण्ठ नगरपालिका १. रेशमबहादुर तामाङ २ .तिलक गुरुङ ३ .किरण पाठक ४ .हेमबहादुर श्रेष्ठ ५. ६ .अम्मर थापा ७ .रमेशकुमार श्रेष्ठ ८ .शालिकराम दुवाडी ९ .नारायणप्रसाद लम्साल १० .राजाराम पाठक ११ .चन्द्र दर्लामी १२ .महेन्द्रनारायण श्रेष्ठ १३ १४ .भुवन सापकोटा ज्वालामुखी गाउँपालिका  १ .कृष्ण गिरी २ .राम बस्नेत ३. प्रेम पुलामी ४ .रामवहादुर अर्याल ५ .दिपबहादुर अधिकारी ६ .अर्जुन खनाल ७ .सूर्यप्रसाद इटनी

सिद्धलेक गाउँपालिका  १. सरोज तिमिल्सिना २ ३ .होमनारायण श्रेष्ठ ४ ५ .गोपाल गुरुङ ६ .बिरवहादुर मगर ७ .गुणराज खतिवडा

वेनिघाटरोराङ गाउँपालिका  १ २ ३.राजेन्द्र सिलवाल ४ ५. कृष्णराम कँडेल ६ ७ .नविन थपलिया ८ ९ .छन्दप्रसाद पोखरेल १०. कृष्णप्रसाद डल्लाकोटी

गजुरी गाउँपालिका  १.सन्ताेष रिजाल २ .शिवराज पन्त ३ .हरिशरण पाठक ४. जलकबहादुर तामाङ ५ .राजेन्द्र सुवेदी ६. रामप्रसाद अधिकारी ७. इन्द्रबहादुर अधिकारी ८. रेशम बस्नेत

गल्छी गाउँपालिका  १ .सानुकान्छा दर्लामी मगर २. बाबुकाजी श्रेष्ठ ३. मुक्तिनाथ खतिवडा ४ .सूर्यवबहादुर अधिकारी ५. ६. ७. ८ .किशोर थापा

थाँक्रे गाउँपालिका  १ .शेरबहादुर थापा २. निराजु लामा ३ .निकेश तामाङ ४ .सुवाष तामाङ ५. क्षिजित लामा ६ .रामचन्द्र पण्डित ७ .मुकन्द रेग्मी ८ नबराज आचार्य ९. श्यामचन्द्र आचार्य १० .केशव प्रसाद रुपाखेती ११. जिवन ग्याल्बो तामाङ

धुनिबेसी नगरपालिका १. नारायण जमकट्टेल २.हिम्मत लुईटेल ३ .राजकुमार केसी ४.केशव ठकुरी ५.बुद्धिराज घले ६ .विजय तामाङ

७ .बिदुर भट्टराई ८ .प्रदिप कुँबर ९.लक्ष्मी बिष्ट

( समाचार तयार पार्ने बेला सम्ममा धादिङ न्यूजलाई प्राप्त भएका नामावलीमात्रै यहाँ समेटिएका हुन । बाँकी नाम आउनासाथ अपडेट गरिनेछ -प्रधानसम्पादक )