कला /साहित्य /संस्कृति

न्युयोर्कमा भव्यरुपमा सोनाम ल्होछार सम्पन्न

By धादिङ न्यूज

February 07, 2022

 

अमेरिकाको न्युयोर्कमा २८५८ औ सोनाम ल्होछार बाघ बर्ष धुमधामकासाथ मनाइएको छ । तामाङ समाज अमेरिकाद्वारा आयोजित ल्होछार कार्यक्रम महावाणिज्यदुतावास अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सपन्न भएको हो ।

न्यूयोर्क, माघ ११ –

नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकर र नेपालको पहिलो ट्रान्सजेन्डर मोडेल अन्जली लामाको विशेष आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिनिता तामाङले गर्नु भएको थियो ।

शनिबार सम्पन्न ल्होछार कार्यक्रममा प्रमुख अतिथि वाणिज्यदुत अधिकारी, विशेष अतिथि तथा समाजका अध्यक्षद्वारा संयुक्तरुपमा भाषाविद् अमृत योञ्जनद्वारा लिखित “तामाङ ताम्” पुस्तकको विमोचन समेत गरिएको थियो ।

विविध मनोरन्जनात्मक कार्यक्रमका विच सम्पन्न सोनाम ल्होछार समारोहमा नेपालको पहिलो ट्रान्सजेन्डर मोडल अन्जली लामाले आफ्नो विगतका कथाहरु सुनाउनु भएको थियो भने स्थानीय युवा गायक श्रीकृष्ण स्याङ्तान, मनिष लामा, चर्चित लोकदोहोरी गायक मिलन लामा र वरिष्ठ म्हेन्दोमाया गायक हेम वाइबाद्वारा सांगतिक मनोरन्जन प्रदान गर्नुभएको थियो ।

नेपालको पहिलो ट्रान्सजेन्डर मोडल अञ्जली लामा