ब्रेकिङ समाचार

धादिङका जगन्नाथ नेपाल र रामप्रसाद अधिकारी नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन

By धादिङ न्यूज

July 11, 2022

धादिङ । धादिङका जगन्नाथ नेपाल र रामप्रसाद अधिकारी नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा चयन हुनु भएको छ ।

एमालेले अमृत बोहरा नेतृत्वको केन्द्रीय सल्लाहकार परिषद लाई पूर्णता दिंदै ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको हो ।

सल्लाहकार परिषदको सचिवालयमा गोमा देवकोटा,ज्ञानवहादुर भुजेल,डा.गोविन्द नेपाल,गोपाल शाक्य,टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहेका छन् । सदस्यहरुमा भने धादिङबाट नेपाल र अधिकारी मात्रै परेका छन् । एमालेको केन्द्रिय सचिवालय बैठकले सल्लाहकार समितिका साथै अन्य समितिहरुलाई पूर्णता दिएको हो ।