कभर फोटो

थाक्रेमा जनप्रतिनीधि सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

By धादिङ न्यूज

October 02, 2022

रामचन्द्र रुपाखेती १६ आश्विन, थाक्रे

थाक्रेमा सञ्चालित क्रसर तथा बालुवा व्यवसायीहरुको संगठन क्रसर तथा बालुवा व्यवसायी संघ थाक्रेले आज थाक्रे गाउँपालिका वार्ड नं. २ सिम्लेमा स्थानीय निर्वाचनमा निर्वाचित थाक्रे गाउँ कार्यपालिकाका पदाधिकारीहरुको सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न गरेको छ । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य को प्रमुख आतिथ्यता तथा उपाध्यक्ष यन्त्र बहादुर थापाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा थाक्रेका जनप्रतिनीधि, व्यवसायी, राजनीतिक दलका प्रतिनीधि लगाएतको सहभागीतामा भएको कार्यक्रममा विशेषगरी थाक्रेका क्रसर तथा बालुवा व्यवसायीहरुले भोगेका समस्या तथा सरोकारका विषय, व्यवसायमा परेको प्रभावका कारण समग्र थाक्रेमा परेको आर्थिक प्रभाव, व्यवस्थितरुपमा क्रसर तथा बालुवा व्यवसायलाई सञ्चालन गर्न आवश्यक विषयहरुमा केन्द्रित रहि शुभकामना मन्तव्यका क्रममा व्यक्त भएका थिए । कार्यक्रममा संघ का अध्यक्ष शिव प्रसाद रेग्मीले नवनिर्वाचित कार्यपालिका पदाधिकारीहरुलाई सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।