काठमाडौं । दक्षिण कोरियाविरुद्ध २–० को जित निकाल्दै कोलम्बियाले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपमा सुखद् सुरुआत गरेको छ ।
ह्यान्डबलका कारण पेनाल्टी हुँदा र गोलकिपरको एक गल्तीका कारण दक्षिण कोरियाले पहिलो खेलमा नै तीन अंक कोलम्बियालाई सुम्पिनु पर्यो । अस्ट्रेलियाको सिड्नीस्थित एलिएन्ज रंगशालामा सम्पन्न खेलमा कोलम्बियाले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियाविरुद्ध अग्रता बनाएको थियो
२८औँ मिनेटमा १८ यार्ड बक्सभित्र दक्षिण कोरियाकी सिम सिओ–येओनको ह्यान्ड भएपछि कोलम्बियाले पेनाल्टीको अवसर पाएको थियो । जसमा कोलम्बियाकी उच्च गोलकर्तासमेत रहेकी क्याटालिना उस्मेले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् । उस्मेको प्रहारमा दक्षिण कोरियाकी गोलकिपर योन योङ–गुएलले विपरीत दिशातर्फ डाइभ गरेकी थिइन्