कभर फोटो

सभापति देउवाले जवाफ दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिने

By Dhading News

July 26, 2023

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । आजको बैठकमा अहिलेसम्म उठेका प्रश्नको सभापति शेरबहादुर देउवाले जवाफ दिनुहुने भएको छ । सभापति देउवाले सम्बोधन गरेपछि बैठक समापन गर्ने तयारी छ । गएको साउन दुई गतेदेखि शुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ। पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ–आफ्ना धारणा राखिसकेका छन् । अस्ति सोमबार बसेको बैठक आज दिउँसो चार बजेसम्मका लागि सारिएको थियो । महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको विधान कार्यान्वयन र एक वर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ । कांग्रेसले यो बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष सार्वजनिक गरेपछि निक्कै चर्चा भएको छ ।