मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा इन्स्पेक्टर साहको मृत्यु

By Dhading News

July 26, 2023

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा आज बिहान फेला परेको सर्लाही प्रहरीले जनाएको छ। सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको जनाकारी दिनुभयो । । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ।