कभर फोटो

आँधी र भीषण वर्षाका कारण इटालीमा ४ जनाको मृत्यु

By Dhading News

July 26, 2023

एजेन्सी । तेज गतिमा आएको आँधी र भीषण वर्षाका इटालीमा कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर मृत्यु भएको हो । इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्‍याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुगेको छ । पर्लेमा शहर नजिकै रहेको जंगलमा भीषण डढेलो लागिरहेको बेला आएको आँधीले डढेलो विस्तार गर्दा डढेलोबाट पनि घरहरुमा क्षति पुगेको छ ।