एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले रोमाञ्चक बराबरी खेलेका छन् ।
आज शुक्रवार बिहान न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दक्षिण अफ्रिकाले २ गोलको अग्रता लिएको थियो । तर अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा २ गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भयो ।
दक्षिण अफ्रिकाका लागि लिन्डा मोत्हलोले खेलको ३० औँ र थेम्बी केगटलानाले ६६ औँ मिनेटमा गोल गरिन् । अर्जेन्टिनाका लागि सोफिया ब्राउनले ७४ औँ र रोमिना नुनेजले ७९ औँ मिनेटमा गोल गरिन् ।
यो बराबरीसँगै दक्षिण अफ्रिका २ खेलमा १ अङ्कसहित समूह ुजीु को तेस्रो स्थानमा छ । अर्जेन्टिना उति नै खेलमा समान अङ्कसहित चौथो स्थानमा छ ।