एजेन्सी । इंग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले जारी एशेज सिरिजको पाँचौं टेस्ट पछि आफ्नो खेलाडी करियरबाट सन्यास लिने बताएका छन् ।
ब्रोडले ओभलमा जारी पाँचौ तथा अन्तिम टेस्टको दोस्रो दिन शुक्रबार राति आफ्नो निर्णय निर्णय गरेका थिए । गत साता ओल्ड ट्राफोर्डमा भएको चौथो टेस्टमा ६०० टेस्ट विकेट लिएका थिए । ब्रोड टेस्ट इतिहासमा पाँचौं सर्वाधिक विकेट लिने बलरका रुपमा बाहिरिनेछन् ।