मुख्य समाचार

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन भएको मन्त्री शर्माको भनाइ

By Dhading News

August 04, 2023

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ ।

आज शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घ हुने भन्दै यसलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले मानव अधिकार उल्लंघन घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा भएका घटनाहरुलाई टुंग्याउन सत्यनिरुपन मेलमिलाप आयोग सम्बन्धि विधेयक ल्याएको बताउनुभयो ।