सर्लाही । लगातारको वर्षाका कारण सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
रौतहटको गढिमाईबाट बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढिमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पक्की पुल भएपनि अविरल वर्षाका कारण पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ ।