विद्यार्थी जीवन मेरो विद्यार्थी जीवन अभाव, दुःख, कष्ट अनि संघर्षमा गुज्रेको थियो । मुस्किलले खान पुग्ने कृषिमा आश्रित ठूलो परिवार थियो मेरो । जहाँ थपिएका थिए, अशिक्षित र पिछडिएको समाज । जहाँ पढाइका लागि प्रेरणा र हौसला तथा सहयोग गर्ने कोही थिएनन् । पढाइलाई निरन्तरता दिनु निकै ठूलो काम थियो त्यहाँ । नीलकण्ठ उच्चमाविमा जतिखेर मैले कक्षा आठको पढाइ सुरु गरें, त्यतिबेलादेखि विद्यार्थी संगठनका बारेमा सुन्न थालें । त्यतिखेर अखिल र नेविसंघ दुई विद्यार्थी संगठन जिल्लामा थिए । नेविसंघमा प्रायः बजारका उत्ताउला केटा लाग्थे भने गाउँबाट झरेका दुःख गरेर पढ्ने विद्यार्थी केटा अखिलतिर । जे होस्, त्यहाँ अखिलको प्रभाव राम्रो थियो । विस्तारै मेरो झुकाव पनि अखिलतिर पर्न थाल्यो र प्रगतिशील पुस्तकहरू खोजी–खोजी पढ्न थालें । कलेजमा गएपछि मेरो सहपाठी रामप्रसाद श्रेष्ठको प्रभावमा परेर तत्कालीन नेकपा मसालको समर्थक बन्न पुगें । तर कुनै पनि पार्टी वा विद्यार्थी संगठनको संगठित सदस्य भने बनेको थिइनँ ।
माओवादी हुँदाका ती दिन सुरुमा हामी जम्माजम्मी पाँच र छजना पूर्णकालीन कार्यकर्ता थियौं । जिल्लाभरिमा त्यस्तो बेलादेखि भूमिगत भएर पार्टीमा काम गरियो । थुप्रै उतारचढावका बीचबाट पार्टी र क्रान्तिले प्रगति गर्दै लग्यो । सुरु–सुरुका फौजी कारबाहीदेखि प्रहरीहँुदै सेनासँगको भीडन्तहरूका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिएका काम कारबाहीमा मेरो भूमिका रह्यो । कति भोकै हिँडियो, कति रातभरि हिँडियो, लेखाजोखा छैन । लगातार ३६ घण्टासम्म पनि हिँडियो । कतिपटक प्रहरी अनि सेनाको आँखा छलेर हिँडियो । कतिपटक उनीहरूसँग जम्काभेट भयो । तर त्यतिखेर न मृत्युसँग डर थियो न केही कुराको दुःख वा गुनासो नै । सबैजना हाँंसी–हाँसी मर्न हिँडेका थियौं । सबै कुरा लेख्ने हो भने महाभारत बन्छ्र ।
पार्टीमा जिम्मेवारी तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिवालय सदस्य, नेकपा माओवादीको मध्य क्षेत्रअन्तर्गत उपक्षेत्रीय व्युरो सदस्य, धादिङ जिल्ला क्षेत्र नं. १ को इलाकाइन्चार्ज अनि धादिङ जिल्ला जनसरकार प्रमुखको रूपमा काम गरेको थिएँ ।
माओवादीनेता र तिनको जीवनशैली म अहिले मुलुकबाहिर छु्र । पार्टीका नेता तथा कार्यकर्तासँग मेरो खासै सम्पर्क छैन । उहाँहरूसँग मेरो उठबस पनि नभएकोले मलाई उहाँहरूको जीवनशैलीबारे त्यति थाहा छैन । तर सञ्चार माध्यमबाट सुनेको हल्लालाई समाचार मान्ने हो भने अलि चिन्ता गर्नुपर्ने खालको नै छ्र । अधिकांश नेताहरू विलासी बनेको, सुविधाभोगी भएको, अवैध रूपमा धन आर्जनमा लागि परेको भन्ने कुरा बाहिर आएका छन् । यदि साँच्चै त्यस्तो हो भने, यो जनताको विश्वासप्रतिको विश्वासघात, सहिदहरूको बलिदानप्रतिको अपमान, अनि आफ्नै राजनीतिक भविष्यमाथिको प्रहार हो । कार्यकर्ताले गल्ती गर्दा नेतृत्वले सच्याउँछ तर मूल नेतृत्वले गल्ती ग¥यो भने सिंगो पार्टी नै धाराशाही हुन्छ भन्ने मलाई लाग्दछ्र । त्यसैले मूल नेतृत्वले बेलैमा पार्टीलाई सच्याएर अगाडि बढेमात्र देश, जनता तथा पार्टी सबैको भलाई हुने थियो ।
विदेशिनुपर्ने बाध्यता कुनै दिन, जब म घर पुगें तब मेरी श्रीमती र म तत्कालीन शाही सेनाको घेरामा प¥यौं । एक्कासी सेनाले गोली चलायो, मलाई खुट्टामा गोली लाग्यो । म तीन सय मिटर अग्लो भीरबाट तल खोलामा खस्न पुगें । मेरो श्रीमतीलाई कब्जामा लिएर हत्या गरेछ्र, मलाई गिरफ्तारपछि छ महिनासम्म चरम शारीरिक अनि मानसिक यातना दिएर एउटा बन्द कोठामा पूरै अनुहार छोप्ने गरी बनेको मुकुन्डोले अनुहार छोपेर राखे । यसैबीच, जबर्जस्त अन्तर्वार्ता दिन बाध्य पारियो । म अलि सुधारवादी किसिमको मान्छे हुनाले होला, पार्टीको आम ध्वंसको नीति किन–किन मन परेको थिएन । मलाई के लाग्थ्यो भने युद्धको आवश्यकतासँग जोडिएको ध्वंसलाई मात्र स्वीकार्नुपर्छ्र । मैले बोलेकै कुरालाई लिएर पार्टीले मलाई कारबाही ग-यो ्र युद्ध विराम पनि भयो । सेनाले समातेको ११ महिनापछि घर पुगें । युद्ध विरामको सिंगो अवधिभर घरै बसियो । मलाई लागेको थियो, अनुशासनको कारबाही गरे पनि काम चाँही लगाउँछ । तर न त पार्टीका कुनै नेता मेरो घरमा आए न त मलाई कुनै काममा नै लगाए । मेरै जस्तो गल्ती गरेको अरू साथी भने पार्टीको यथास्थानमा काम गरिरहेको थियो । मैले पार्टी र क्रान्तिका लागि भनेर मेरो स्थायी शिक्षक जागिर त्यागें । श्रीमती गुमाएँ । छोरा–छोरीको पढाइ लथालिंग भयो । सिंगो परिवारले राज्य पक्षको शारीरिक तथा मानसिक यातना सहनुप-र्यो । गाउँका शुभचिन्तक समर्थकले समेत दमनको चपेटामा पर्नुप-र्यो, तर बदलामा के त ? हो, मैले एउटा जटिल तथा कठिन परिस्थितिमा केही गल्ती गरेकै हो । गोञ्जालोजस्तो मान्छेले त जेलमा पर्दा गल्ती ग-र्यो भने हामीजस्तो सामान्य मान्छेले गर्दैन भन्ने होइन । पार्टीको ममाथिको अनुशासनको कारबाही मलाई सच्याउन भन्दा पनि सिध्याउनको लागिजस्तो देखिएपछि बिस्तारै निजी जीवन बिताउने सोचमा पुगें र विदेशएँ ।
नेपाल सम्झिँदै क्यानाडामा छिन्नभिन्न भएका सबै चिजलाई फेरि सम्हालेर व्यवस्थित बनाउने कोशिस गर्दैछु् । युद्धको दौरान मेरा तन, मन र धन सबै छिन्नभिन्न भए । शारीरिक तथा मानसिक रूपमा अपांग भएको छु्र । मानसिक तनावका कारण ‘आइबिएस’ रोग लागेको छ्र । तर बिस्तारै सबै कुरालाई पहिलेकै अवस्थामा ल्याउने कोसिसमा छु्र । कहिलेकाहीँ सोच्छु्र, ‘म अभागी रहेछु्र । मैले युद्धको दौरानमा सहिद बन्न पाइनँ ।’ अर्को हिसाबले फेरि म आपूmलाई भाग्यमानी नै सम्झन्छु्र । म अहिले जहाँ छु त्यहाँ कमसेकम निःशुल्क उपचार पाएको छु्र । सायद नेपालमा हो भने म यतिखेर मरिसकेको हुने थिएँ होला । त्यसो भनेर नेपालप्रति मेरो माया कम भएको भन्ने होइन । नेपालप्रतिको माया अझ गाढा भएको छ्र । हरेक दिन नेपाल सम्बन्धी समाचार हेर्ने गर्छु । अरु केही गर्न नसके पनि आफ्नै गाउँको लागि केही गर्ने प्रणका साथ लागि परिरहेको छु्र । भुटानी मूलका नेपालीका सुखदुःखमा पनि त्यतिकै साथ दिने गरेको छु्र ।
तामाङ समुदाय र म पहिलो कुरा त म आफैं राजनीतिबाट पलायन भएको छु् । एउटा मान्छे जो आफ्नो कर्तव्यबाट पछि हटेको छ, उसले दिने सल्लाह आडम्बर मात्र हुनसक्ला । तर पनि मलाई के लाग्छ भने, मधेसी पछिको राज्यलाई चुनौती दिन सक्ने जात भनेको तामाङ नै हो । यसमा ऐतिहासिक कारणहरू छन् । पहिलो ः तामाङहरू केन्द्रीय राज्य सत्ताको मुटु काठमाडौं वरिपरि घनाबस्तीको रूपमा बसोबास गर्दछन् । दोस्रो, आफ्नो धर्म, भाषा, संस्कृतिलाई जोगाइ राख्न सफल जनजातिमा तामाङ समुदाय पहिलो नम्बरमा आउँछ । अर्को कारण हो, ब्राम्हणवादी केन्द्रीय राज्यसत्ताले सबैभन्दा थिचोमिचो गरेको समुदाय पनि तामाङ नै हो । यस्तो भएर पनि तामाङहरूले अपेक्षाकृत सफलता पाउन सकेका छैनन् । यसो हुनुमा पनि कारणहरू छन्, तामाङहरू जुन रूपमा संगठित हुनुपर्ने हो त्यसरी भएका छैनन् । उनीहरू विभिन्न संगठनमा विभाजित छन् । तामाङ घेदुंङ एउटा सामाजिक संगठन भएको हँुदा यसले सामान्य भाषा, धर्म र संस्कृतिलाई जोगाउने चेतनामूलक कार्यक्रम गर्नुभन्दा खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिँदैन । अर्को कुरा, लामो समय तामाङहरूलाई राज्यसत्ताले राजनीतिबाट पर (अलग) राखेकाले अधिकांश तामाङमा राजनीतिप्रति त्यस्तो चाहना देखिँदैन । त्यसैले राजनीतिमा लागे पनि यो जाति अरुको भ-याङ वा भोट बैंकको रूपमा मात्र प्रयोग हुने गरेको छ्र । जे जति नेताहरू सतह देखिएका छन्, उनीहरूमा पनि खासै राजनीतिक भिजन देखिँदैन । त्यसैले मलाई के लाग्छ भने, यतिखेर हामीहरूको कार्यभार भनेको भएका नेताहरूलाई स्थापित गर्दै आफ्नो संगठनको जालोलाई देशव्यापी बनाउनुपर्दछ्र । तामाङहरूमा रहेको राजनीतिलाई हेर्ने गलत दृष्टिकोण छ, त्यसलाई व्यापक रूपमा राजनीतिक चेतनाको वृद्धि गरेर बदल्नु पर्दछ्र । प्रस्तुतिः मानछिरिङ तामाङ/ ताजाबह्स डट कम बाट