ब्रेकिङ समाचार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. चौधरी पनि पक्राउ

By धादिङ न्यूज

August 11, 2023

काठमाण्डौ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सिआइबीले अहिले फेरि डा. पुनम थापा चौधरीलाई पनि पक्राउ गरेको छ । डा. चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ । चौधरीसहित पक्राउ पर्नेको सङ्ख्या आठ जना पुगेको छ ।

सीआईबीले हिजो बिहीवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनील शर्मालाई पनि पक्राउ गरेको थियो ।

मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ ।