मुख्य समाचार

नक्कली शैक्षिक प्रमाणपत्रप्रकरणमा पक्राउ परेका सुनील शर्मा थुनामुक्त

By Dhading News

August 12, 2023

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रप्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्मा थुनामुक्त भएका छन् । प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो । न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो ।

सीआईबीले उनलाई बिहीबार मात्र पक्राउ गरेको थियो ।