????????????? ????? ??????????? ?????? ????? ????????? ????? ??????? ?????? ?????? ????????????? ???????? ????? '???????' , ?????? ??????????? ?????? ????????? ?????????? ? ??????? ????????? ???? / ????

ब्रेकिङ समाचार

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबन्ने

By धादिङ न्यूज

August 14, 2023

काठमाण्डौ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबन्ने भएको छ ।

आज सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको बताउनुभयो ।

उहाँले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसङ्गमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राख्नुभएको बताउनुभयो । त्यस्तै बैठकमा गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निसाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएको उहाँले बताउनुभयो ।