खेलकुद

महिला विश्वकप फुटबल : सेमिफाइनलका खेल आजदेखि सुरू हुने

By Dhading News

August 15, 2023

कठमाडौं । फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलहरु आजदेखि सुरू हुने भएको छ ।

पहिलोपटक महिला बिश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनले मंगलबार स्वीडेनको सामना गर्नेछ । अहिलेसम्म स्वीडेन एकपटक उपबिजेता र तीनपटक तेश्रो स्थान बनाएको युरोपेली राष्ट्र हो ।

स्वीडेन सन् २००३ मा जर्मनीसँग २–१ ले पराजीत हुँदा उपबिजेतामा सिमीत भएको थियोे । गत शुक्रबार भएको क्वाटरफाइनलमा जापानमाथि २–१ को जीत निकाल्दै स्वीडेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

यी दुइ टोलीबीचको सेमीफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे हुनेछ । गत शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई टाइब्रकेरमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । यस्तै, गत शनिबार नै भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ ।

अष्ट्रेलिया र इंग्ल्याण्डबीचको सेमीफाइनल खेल भने बुधबार दिउँसो नेपाली समय अनुसार पौने ४ बजे सुरू हुनेछ ।