विश्व

रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा २५ जनाको मृत्यु, ५ दर्जन बढी घाइते

By Dhading News

August 15, 2023

एजेन्सी। रुसको एक पेट्रोल पम्पमा भएको विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन्।

सोमबार राती पौने १० बजे दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोट भएको हो। मृत्यु हुनेहरुमा ३ जना बालबालिका रहेका छन् भने अस्पताल भर्ना गरिएका घाइतेहरुको संख्या ६६ पुगेको छ।

दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य गर्न अपील गरेका छन्।