मुख्य समाचार

टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम

By Dhading News

August 15, 2023

काठमाडौं । टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ ।

“हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” विभागका निर्देशक थानेश्वर आचार्यले भने, “आज गालेर सकिएको छ । ६० किलो ७१६ ग्राम तौल आएको छ । ३४ वटा बिस्कुट बनेका छन् ।”

साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो । त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो । विभागको टोलीले सुरक्षितरुपमा राष्ट्र बैंकको टक्सारमा राखेको थियो ।