शिक्षा/स्वास्थ्य

मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक धादिङबेसीमा

By Dhadingnews.com

August 24, 2013

धादिङ/मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमान्चलको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको संयोजनमा भएको क्षेत्रीय समन्वय बैठकमा धादिङमा भएका राम्रा अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुबेदीले आफ्नो फेसबूक मार्फत बताउनु भएको छ ।

कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशकका साथै १९ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुको उपस्थिति रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । कार्यक्रममा जिल्लाका राम्रा अभ्यासहरुका लागि धादिङ जिल्लाका शिक्षकका सबै पेशागत संघ स‌ंगठनका अध्यक्ष, प्याव्सन तथा एन प्याव्सन धादिङका अध्यक्षका साथै सञ्चारकर्मिहरुको समेत भव्य उपस्थिति रहेको सुबेदीले आफ्नो फेसबूक मार्फत जानकारी दिनु भएको छ ।