खेलकुद

महिला विश्वकप फुटबलमा आज अस्ट्रेलिया र स्वीडेन भिड्दै

By Dhading News

August 19, 2023

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज शनिबार अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् ।

खेल ब्रिस्बेन स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । सेमिफाइनलमा अस्ट्रेलिया इंग्ल्याण्डसँग र स्वीडेन स्पेनसँग पराजित भएको थियो । महिला विश्व कप फुटबलको फाइनल खेल आइतबार हुनेछ ।

उपाधिका लागि इंग्ल्याण्ड र स्पेन खेल्नेछन् । बुधवार भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इंग्ल्याण्ड र मंगलबार भएको खेलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो पटक फाइनलमा पुगेका हुन् ।