ब्रेकिङ समाचार

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु

By Dhading News

August 21, 2023

काठमाडौं। समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ ।