कभर फोटो

स्वस्थ रहन अपनाउनुस यी ५० प्राकृतिक नियम

By धादिङ न्यूज

August 23, 2023

मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ ।

अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेखमार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिँदैछौं । जसको पालना गर्न सकेमा निरोगी जीवन जिउन सकिन्छ ।

– बिहान सुर्योदय पूर्व अर्थात घाम उदाउनु भन्दा पहिले जाग्ने । – निद्रा खुले लगत्तै आँखा खोल्नुपूर्व दिनभर सकारात्मक भएर बिताउँछु भन्ने संकल्प गर्ने । – आँखा नखोली दायाँ कोल्टे हुदैँ उठ्ने र आँखा नखोली पँलेटी कसेर १० मिनेट बस्ने । – दिसापिसाब जानु अघि राति तामाको भाडामा राखेको पानी २ गिलाससम्म पिउने । – दिसा गर्न निश्चित १० मिनेट मात्र छुट्याउने । साथै दिसा गर्दा जोड वा बल नगर्ने । – दिनभर जुनबेलामा पनि दिसा वा पिसाब लाग्नासाथ तुरुन्तै गर्ने, नरोक्ने । – दाँत माझ्न नरम ब्रसको प्रयोग गर्ने र हलुका तलमाथि र घुमाएर ब्रस गर्ने – नियमित नुहाउने बानी बसाउने । र नुहाएको १ घण्टासम्म खाना नखाने । – नुहाउँदा शरीरमा खस्रो सुतीको कपडाले घर्षण गर्दै नुहाउने । – समय र मौसम अनुकूल हुदाँ बिहान बेलुका १५ मिनेट थोरै कपडामा घाम ताप्ने । – बिहान सँधै हिड्ने, व्यायाम गर्ने वा योगाशन, प्राणायाम, ध्यान गर्ने । – खाना खादाँ भोक लागेको बेलामा चाहिने मात्र खाने । – खाना खादाँ हरेक गाँस ३० पटकसम्म चपाएर मात्र निल्ने । – दैनिक साना शरिर भएकाले ३ लिटर ठुलो शरिर भएाले ४ लिटर पानी पिउने । – खाना खानुभन्दा पहिले १–२ घन्टा पहिले र खाएको १ घन्टापछि मात्र पानी पिउने । – तारेको, भुटेको वा बासि खानेकुरा खानबाट बच्ने । – प्याकेट बन्द खाना, सिसिका अचार अत्यन्त बोसोयुक्त खाना कम खाने । – चिल्लो, पिरो, मसलेदार र ओजिना हालेको खानेकुरा नखाने । – रंग हालेको, बिसादी झर्केको तरकारी खानबाट जोगिने । – बिहानको खानामा चोक्कर भएको गहुँको रोटी वा नफलेको चामलको भोजन गर्ने । – खानामा अनिवार्य दाल र सागसहित २/ ३ किसिमको तरकारी खाने । – दालमा अंकुरण भएको मुंग, चना वा गेडागुडीको दाल खाने । – खानामा अनिवार्य सलाद (गाँजर, मुला, काँक्रा, बन्दा, गोलभेंडा, धनियाँ÷पुदिना) खाने । – दिउँसोको खाजामा फलको रस, फलफूल वा सलाद खाने । – तरकारी होस् वा फलफूल खादाँ केवल मौसम अनुसारको मात्र खाने, बेमौसमी नखाने । – बेलुकाको खाना रोटी÷भात २० प्रतिशत र तरकारीको मात्रा ८० प्रतिशत बनाउने । – खानामा मैदाको सट्टा चोक्कर र चिनीको विकल्पमा सख्खरको प्रयोग गर्ने । – भावनात्मक आवेग रिस, दुःख, तनाव, पिर शान्त भएपछि मात्र खाना खाने । – खाना खादाँ प्रशन्न मुद्रा, शान्त, खुसी मनले मात्र खाने । – राती निदाउने समय ३ घण्टा अगावै खाने । – राती सूत्दा साधारण सुतीको हलुका र लुज सफा कपडा लगाउने । – जाडोमा पनि सुतीको कपडामाथि मात्र उनी कपडा लगाउने । – सुत्दा कपाल बाधेको, पेटी र पटुका खोलेर सुत्ने । – सुत्न नरम गद्दा वा डसनाको सट्टा कडा बिस्तारा, खाटको प्रयोग गर्ने । – सुत्ने सिरानी होचो राख्ने । – खाना खाने स्थान शान्त, सफा र रेडियो टेलिभिजन भन्दा टाढा हुनु पर्दछ । – खाना खाएको आधा घण्टासम्म घर आसपासमा नै टहल्ने । – कुनै पनि काम लगातार ३ घण्टा गरेपछि अनिवार्य आराम गर्ने र आखा झिमझिम पार्ने । – कम्प्युटर वा टेबुल वर्क गर्नेले हरेक घण्टा शरीर तन्काउने र आँखा चिसो पानीले धुने । – यस्ता काममा बस्दा ढाडलाई सिधा राख्ने । – दैनिक २÷३ पटकसम्म खुलेर हास्ने । यसले तनाब हट्नुका साथै शक्ति सञ्चार हुन्छ । – काममा कोहिसंग रिसराग, झर्कने वा फोहोरी नबोल्ने । यसले मन विचलित बनाउँछ । – सकेसम्म टाइट नहुने र हिल नभएको जुत्ता मात्र लगाउने । – दिउँसो सुत्ने बानी त्याग्ने । सम्भव नभएपनि दिउँसोको निन्द्रा ३० मिनेटमा सिमित पार्ने । – सधैं सकारात्मक चिन्तन गर्ने, आशावादी बन्ने, प्रेम र सहयोग गर्ने बानी बसाउने । – फुर्सदमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने । – बेलाबेलामा सुमधुर संगीत सुन्ने र सकेसम्म समयको सदुपयोग प्रगतिशील कार्यमा गर्ने । – उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामा र अर्को भुइँमा राख्ने र बदलिरहने । – घरका कोठा घाम छिर्ने, खुला, हावा आवत–जावत गर्ने र सफा वातावरणको बनाउने । – सुत्नु अघि तामाको भाडाँमा पानी राखेर अनिवार्य राति १० बजेभित्र उत्तानो परेर सुत्ने ।