मुख्य समाचार

कोशी सरकारविरुद्ध एमाले फेरि पनि सर्वोच्च जाने

By Dhading News

August 23, 2023

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बुधबार फेरि पनि सर्वोच्च अदालत जाने भएको छ ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो ।

बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको तर्क छ ।

एमालेले कोशी प्रदेश सरकार खारेज गर्न र ठूलो दलका हिसाबले एमालेले सरकार बनाउन पाउनु पर्ने माग रिट निवेदनमा गर्ने भएको छ ।