ब्रेकिङ समाचार

तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

By Dhading News

August 24, 2023

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गएराती करिब १ बजेको समयमा दुर्घटनामा परेको सो बस काठमाडौबाट महोत्तरीको लोहारपट्टी जाँदै थियो ।

मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको सो बस दुर्घटनामा ६ भारतीय नागरिक र एकजना नेपालीले ज्यान गुमाएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । चालक सहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको र दुर्घटनामा घाइते अन्य १९ यात्रुको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटना पछि बसका चालक फरार छन् ।