कभर फोटो

कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

By Dhading News

August 24, 2023

भदौ ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसले आज र भोलि (भदौ ७ र ८ गते) पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य डा.राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गरेको हो ।

बिहीबार बिहान बसेको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कार्कीको आज बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । ६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो ।