ब्रेकिङ समाचार

गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रचण्डको प्रतिवद्धता

By धादिङ न्यूज

August 24, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आज गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताउनुभयो । उहाँले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताउनुभयो ।