शिक्षा/स्वास्थ्य

पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालनका लागि तालिम

By Dhadingnews.com

August 25, 2013

धादिङबेसी/पुस्तकालय व्यवस्थापन तथा गतिविधि संचालन सम्बन्धी तीन दिने पुनतार्जगी तालिम भदौ ८ गते शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।

विद्यालय पुस्तकालय कार्यक्रमको व्यवस्थापन तथा प्रभावकारी संचालन सम्बन्धी पुनर्ताजगी पुस्तकालय घण्टीको उचित प्रयोग,पुस्तकालयको संरक्षण तथा दिगो विकासको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक रामप्रसाद रिजालले बताउनुभयो । तालिममा धुवाकोट,वेनीघाट,ढोला,खाल्टे,चैनपुर,ज्यामरुङ,मार्पाक,वैरेनी,चैनपुर,गजुरी र सलाङ गरी ११ गा.वि.स.का १४ विद्यालयका पुस्तकालयध्यक्ष तथा सह पुस्तकालयध्यक्षहरु गरी २२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा प्रयास नेपाल,धादिङका सचिव उषा वि.क.कार्यक्रम संयोजक रिजाल पुस्तकालय सहजकर्ता गंगा सिल्वालले विषयवस्तुको बारेमा सहजीकरण गर्नु भएको थियो । पुनतार्जगी तालिमले पुस्तकालय कार्यक्रम मार्फत बालबालिकाहरुको शैक्षिक विकासमा तथा पढ्ने बानीको विकासमा सहयोग पुगी विद्यालयमा संचालन गरिएको पुस्तकालयको व्यवस्थापन र संचालनमा थप सहयोग मिलेको सहभागिहरुले वताएका थिए । स्थानापति मा.वि.ज्यामरुङका शिक्षक चिरञ्जिवि पाठकले आगामी दिनहरुमा पनि यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिन सके बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभएको थियो ।