ब्रेकिङ समाचार

कांग्रेसले गैरसंवैधानिक काम गर्दा अचम्ममा परेको ओलीको भनाइ

By Dhading News

August 25, 2023

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको बताउनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनुभयो ।

‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’

गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उहाँले आरोप लगाउनुभयो । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे(जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताउनुभयो ।

उहाँले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ ।