ब्रेकिङ समाचार

माधव नेपाल भन्छन्–ओलीले सर्वदलीय बैठकमा निषेध गरे

By Dhading News

August 26, 2023

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गर्नुभएको छ ।

संसद्‍को अवरोध खुलाउनुअघि सहमतिका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठकलाई लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

शनिबार(आज) काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उहाँले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गर्नुभयो । संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताउनुभयो ।