हाम्रो पालिका

नेपाल विद्यालय कर्मचारी युनियन धादिङमा रमेश श्रेष्ठ

By Dhadingnews.com

August 25, 2013

संगिता आले मगर÷ धादिङ/ नेपाल विद्यालय कर्मचारी युनियन धादिङको अध्यक्षमा रमेश श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भेलााले चयन गरेको २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा राजनप्रसाद रिमाल, सचिवमा शिवराम थापा, सह–सचिवमा गोपबहादुर श्रेष्ठ र कोषाध्यक्षमा गौरी घिमिरे चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा गंगा रेग्मी, सुर प्रसाद अधिकारी , शिवनारायण श्रेष्ठ, भक्तबहादुर अधिकारी, राजु गिरी र कानुनी सल्लाहकारमा सर्बोच्च अदालतका अधिबक्ता विष्णुहरी कोइराला लाई चयन गरिएको युनियनले जनाएको छ । नेपाल विद्यालय कर्मचारी युनियन धादिङको पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा नेपाल विद्यालय कर्मचारी युनियनका सल्लाहकार कोषराज काफ्लेले बिद्यालय कर्मचारीले पनि निजामति कर्मचारी सरह सेवा सुविधाहरु पाउनु पर्ने र प्रत्येक विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुलाई काम गरेको २० बर्ष पछि पेन्सनको व्यवस्था हुनुपर्नेमा जोड दिनु भएको थियो । नेपाल विद्यालय कर्मचारी युनियन धादिङका अध्यक्ष गोपीबहादुर श्रेष्ठको अध्यक्षतामा भएको अधिबेशन उदघाटन कार्यक्रममा नेपाल विद्यालय कर्मचारी युनियनका महासचिव कमलप्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक तथा नेपाल विद्यालय कर्मचारी युनियनका सल्लाहकार कोषराज काफ्ले, नेपाल विद्यालय कर्मचारी युनियनका उपाध्यक्ष हिमलाल अधिकारीका साथै सञ्चारकर्मीहरुको आतिथ्य रहेको थियो ।