कभर फोटो

पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

By Dhading News

August 31, 2023

धादिङ न्यूज २०८० भदौ १४

काठमाडौँ । स्वचालित मूल्य प्रणालीको नामबाट पटक पटक मूल्य बृद्धि गर्दै आईरहेको नेपाल आयल निगमले पेट्रोल,डिजेल र पकाउने ग्याँसको मूल्य फेरी   बढाएको छ । भदौ १४ गते राती १२ बजेदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल र ग्याँसको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र एलपि ग्याँसको मुल्य प्रति सिलिण्डर २३५ रुपैयाँका दरले बढेको छ । निगमले मंगलबार विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएको छ ।

 अब पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुग्ने भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर १७०  रुपैयाँ पुग्ने भएको छ ।

यस्तै निगमकाअनुसार खाना पकाउने एल्पी ग्यासको मूल्य प्रतिसिलिन्डर १, ८९५ रुपैयाँ पुगेको छ ।