ब्रेकिङ समाचार

नेपाल विश्वकै सुन्दर देशको सूचीमा अगाडि हुने सम्भावना: सभामुख घिमिरे

By Dhading News

September 01, 2023

काठमाण्डौ । सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर देशहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।

नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसैअनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको उहाँको भनाइ छ ।

आज शुक्रवार ललितपुरको महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो ।

उहाँले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयो ।