ब्रेकिङ समाचार

काठमाडौंको पेप्सीकोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

By Dhading News

September 03, 2023

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

आज बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।