ब्रेकिङ समाचार

वैदेशिक रोजगारीमा गएकाको समस्या समाधानका लागि विशेष आयोग गठन गर्न गर्नुपर्छ: राजेन्द्र लिङदेन

By Dhading News

September 04, 2023

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा केही दिन अघि आफू साउदी अरव र युएईको भ्रमणमा गएको जानकारी गराउँदै उहाँले उनीहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको हो ।

अध्यक्ष लिङदेनले नेपाली कामदारबाट सबैभन्दा बढी राजश्व उपलब्ध गराउने साउदी अरब र युएईका राजदुतावास दयनीय अवस्थामा रहेको भन्दै त्यसमा पनि सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले विचौलियाको भर परेर विदेशमा रहेका नेपाली कामदारहरुको समस्या समाधानमा चासो नदिएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष लिङदेनले नेपालमा रोजगारी नपाएपछि विदेश जान बाध्य भएका युवाहरुको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।