मुख्य समाचार

एमाले लुम्बिनी अधिवेशन: मतगणना जारी, ३९ जनाले मत दिएनन्

By Dhading News

September 05, 2023

काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व छान्न भएको चुनावको मत गणना सुरु भएको छ । निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ । एकहजार चारजना प्रतिनिधि रहेकोमा ३९ जनाले मत दिएनन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन हुने छ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भएको हो ।

अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । त्यस्तै, सदस्यतर्फ रूपन्देही, गुल्मी दाङ, बाँकेबाहेकका जिल्लामा सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनीका १२ जिल्लामध्ये चार जिल्लामा सदस्यका लागि पनि चुनाव भएको हो । एमालेले जिल्लाहरूमा क्लस्टरवाइज सदस्य छुट्याएको थियो ।