ब्रेकिङ समाचार

सुन प्रकरणका प्रमुख पेचिङ भएको खुलासा

By Dhading News

September 08, 2023

काठमाडौं । ६० किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार पेचिङ यसअघि ठूलो मात्रामा सुनसहित भारतमा समेत पक्राउ परेको खुलेको छ । उनीहरू बाहेक एक जना तिब्बती मूलका भारतीय नागरिक र विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित २७ जना पक्राउ परेका हुन् ।

सिआइबीका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ । गत साउन ३ गते सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । यही प्रकरणमा हिजो मात्रै बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका छन् ।

उनीमाथि तस्करीको सुन बिक्री वितरण गर्ने र भारतसमेत पठाउने गरेको खुलेको छ । हाललाई सुन प्रकरणको पूरक अनुसन्धान गर्न मिल्ने गरेर अनुसन्धान प्रतिवेदन आगामी मंगलबारसम्म बुझाउने सीआईबीको तयारी छ । यसबाहेक सुन तस्करीबारे हङकङबाट भने नयाँ तथ्य फेला परेको सिआईबीको भनाइ छ ।