कभर फोटो

नेपाल तामाङ्ग कलाकार संघको अध्यक्षमा बिशाल काल्तान निर्वाचित

By Dhading News

September 09, 2023

२३  भदौ  काठमाडौं । नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिशाल काल्तान निर्वाचित भएका छन् । शनिबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति छनौट भएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ‚उपाध्यक्षमा सुवास मोक्तान‚महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका छन्। यस्तै, सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष काल्तानले तामाङ कला संस्कृतिलाई विश्वको तामाङ समाज संगै संसारभर फैलाउने उद्देश्य लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने र समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६२ सालमा दर्ता भएको संघ तामाङ कलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् । तामाङ गीतसङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा खडा भएको छ । संघमा करिब ४ सयको हराहरीमा सदस्यहरू आबद्ध छन् ।