ब्रेकिङ समाचार

बलात्कार आरोप लागेका सिद्धबाबाले पाए सफाइ

By Dhading News

September 13, 2023

काठमाडौं । बलात्कारको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै यसअघि उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आज मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर गरेको हो । अदालतका तहसिलदार भरतमणि पोखरेलका अनुसार गिरी विरूद्ध जिल्ला अदालत सुनसरीमा परेको जबरजस्ती करणी मुद्दामा निवेदकको मागदाबी नपुग्ने अन्तिम फैसला भएको हो ।

चतराधामका धार्मिक गुरू सिद्धबाबा विरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने भन्दै गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो ।