काठमाडौं । घरेलु टोली श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।
सुपर फोरको निर्णायक खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जित निकाल्दै साविक विजेता श्रीलंका फाइनलमा पुगेको हो । श्रीलंकाले उपाधिको लागि आइतबार हुने फाइनलमा भने भारतको सामना गर्नेछ । त्यसअघि भारतले सुपर फोरको अन्तिम खेलमा आज बंगलादेशसँग खेल्नेछ । कोलोम्बोमा हिजो टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनायो ।
पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाउँदा ओपनर अब्दुल्लाह शफिकले ५२ रनको अर्धशतकीय इनिङ खेले । श्रीलंकाका युवा बलर मथिसा पाथिरानाले ३ विकेट लिए ।
जवाफमा २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा ग¥यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए । पाकिस्तानका इफ्तीकार अहमदले तिन तथा साहिन शाह अफ्रिदीले दुई विकेट लिए ।