ब्रेकिङ समाचार

२७ जना न्यायाधीशको नियुक्ति सिफारिस (सूचीसहित)

By Dhading News

September 15, 2023

काठमाण्डाै – न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । आज शुक्रवार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने तीन जना कर्मचारी र छ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

यस्तै न्याय परिषद्काे बैठकले ६० जना न्यायाधीशकाे सरुवा पनि गरेकाे छ ।