कभर फोटो

धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी देवालीछापले चुम्यो

By धादिङ न्यूज

September 17, 2023

३१ भदौ २०८० , आईतबार

धादिङ– धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि थाँक्रेको देवालीछाप युवा क्लवले चुमेको छ।

गजुरी गाउँपालिकाको गलौदी स्थित खेलमैदानमा आईतबार सम्पन्न भएको फाईनल खेलमा देवालीछाप युवा क्लवले धादिङ फुटबल क्लव नीलकण्ठलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

देवालीछापका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएको दुई मिनेटमै गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै देवालीछाप युवा क्लव जिल्ला लिगका लागि छनोट भएको छ ।

यो क्लबले अब अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने जिल्ला फुटबल संघ धादिङका धादिङका महासचिव थापाले बताए।धादिङ जिल्ला फुटबल संंघका उपाध्यक्ष राजन भण्डारीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुुख आतिथ्यता रहेको थियो ।

धादिङ जिल्ला फुटबल संघको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरु सहभागी थिए।