हाम्रो पालिका

गाविस कर्मचारी संघ धादिङमा मिलन

By Dhadingnews.com

August 27, 2013

धादिङबेसी/गाउं विकास समितिमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको साझा संगठन गाविस कर्मचारी संघ नेपाल जिल्ला समिति धादिङको अध्यक्षमा जिवनपुर गाविसका कार्यालय सहायक मिलन सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । मंगलवार धादिङबेसीमा सम्पन्न भएको संघको तेश्रो जिल्ला अधिबेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो । अधिबेशनवाट जिल्ला कार्य समितिको उपाध्यक्षमा सिता मगर, सचिवमा प्रेमवहादुर तामाङ,कोषाध्यक्षमा हरीकुमार श्रेष्ठ,सह सचिवमा रमेशप्रसाद सापकोटा सर्वसम्मत चयन हुनु भएकोे छ । यसैगरी कार्य समितिको सदस्यहरुमा फुलमाया आले,सरस्वती विक,ज्ञानेन्द्रज्योती थापा,रविन्द्रप्रसाद कँडेल, डिलवहादुर घले र योगेन्द्र दहाल चयन हुनुभएको छ भने संघका केन्द्रीय सदस्य एवम जिल्ला शाखाका निवर्तमान अध्यक्ष परशुराम घिमिरेको संयोजकत्वमा बिष्णुप्रसाद थपलिया,उमेश बिष्ट,अप्सरा बर्तौला र उत्तमप्रसाद अधिकारी रहनुभएको सल्लाहकार समितिको चयन गरिएको नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । परशुराम घिमिरेको अध्यक्षतामा भएको अधिबेशनको संघका केन्द्रीय अध्यक्ष श्रीराम आचार्यले उदघाटन गर्नुभएको थियो । अधिबेशन उदघाटनको अवसरमा जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्मा, संघका केन्द्रीय कोषाध्यक्ष नारायणसाद तिमिल्सिना,स्थानीय निकाय कर्मचारी संघका केन्द्रंीय सचिव भोला गौतम, जिल्ला अध्यक्ष हरिपाटा मगर,राष्ट्रिय कर्मचारी संगठन ( निजामती) धादिङका अध्यक्ष रामचन्द्र रेग्मीका साथै गाविस सचिव हकहित संरक्षण केन्द्र धादिङका उपाध्यक्ष सिताराम घिमिरे लगायतको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा गाविस सचिव गाउंमा नवस्दा सहायक कर्मचारीले भोग्नु परेको समस्या,कतिपय गाविसमा तलव तथा सेवा सुविधामा विभेद भईरहेको लगायतका बिषयमा गाविस कर्मचारीहरुले आवाज उठाएका थिए ।