खेलकुद

इएफएल कपको तेस्रो चरणमा चेल्सीले ब्राइटनलाई हरायो

By Dhading News

September 28, 2023

काठमाडौं । इएफएल कपको तेस्रो चरणमा चेल्सीले ब्राइटनलाई हराएको छ । बुधबार राति घरेलु मैदानमा चेल्सीले ब्राइटनलाई १–० ले हराएको हो ।

चेल्सीको जितमा खेलको ५० औं मिनेटमा निकोलस ज्याक्सनले विजयी गोल गरेका थिए । जित सहित चेल्सी प्रतियोगिताको चौथों चरण प्रवेश गरेको छ ।

चेल्सीको जितमा सबैभन्दा धेरै खुसी प्रशिक्षक मौरिसियो पोचिटिनो देखिए । उनले ब्राइटनविरुद्ध प्राप्त जित यस सिजनको टर्निङ पोइन्ट हुने बताए । पछिल्ला ४ खेलमा चेल्सीले पहिलो जित निकालेको हो ।

चेल्सीले चौथों चरणको खेलमा ब्लेकबर्न रोवर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

खेलाडी अनुबन्धमा महङ्गो रकम खर्चिएको चेल्सी यस सिजन समेत संघर्ष गरिरहेको छ । उसले प्रिमियर लिगका ६ खेलमा मात्र एक खेलमा जित निकालेको छ ।