ब्रेकिङ समाचार

चिकित्सकको आन्दोलन आज पनि जारी

By Dhading News

September 28, 2023

काठमाडौं । चिकित्सकहरु आज पनि आन्दोलित बनेका छन् ।

मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएको आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आज पनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् ।

स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

बिरोध प्रदर्शनका क्रममा आन्दोलनरत चिकित्सकहरुले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही समेतको माग गरेका छन् । उनीहरुले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने चिकित्सकहरुको भनाइ छ ।