ब्रेकिङ समाचार

राष्ट्रपति इन्द्रजात्रामा सहभागी हुन जात्रास्थलमा

By Dhading News

September 28, 2023

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन गाडीबाट झरेर हिँडेरै जात्रास्थलमा पुग्नुभएको छ । राष्ट्रपति पौडेल बिहिबार काठमाडौको बसन्तपुरस्थित हनुमान ढोकामा इन्द्रजात्राको अवलोकन गर्न जानु भएको हो ।

इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट कुमारी घरसम्म हिडेरै जानु भएको हो ।