खेलकुद

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

By Dhading News

September 30, 2023

काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो ।

पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।