हाम्रो पालिका

आगामी संविधान सभा निर्वाचनमा नागरिक समाजको भूमिका खोज्न धादिङ्बेशीमा छलफल

By Dhadingnews.com

August 30, 2013

धादिङ / आगामी मंसिर ४ गते हुने भनिएको संविधान सभा निर्वाचनलाई निष्पक्ष र धांधलिरहित ढंगवाट सम्पन्न गर्न नागरिक समाजले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने सरोकारवालाहरुले वताएका छन । श्ुक्रवार धादिङबेसीमा आयोजना गरिएको आगामी संविधान सभा निर्वाचनमा नागरिक समाजको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागि बक्ताहरुले निर्वाचनको विकल्प नभएको भन्दै निर्वाचनको माहोल वनाउन सबै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । गैर सरकारी सस्था महासंघ धादिङ र सामुदायिक उत्थान पद्धत्तिका लागि मञ्च (फोकस नेपाल ) धादिङले आयोजना गरेको कार्यक्रमको रेडियो धादिङ १०६ मेघाहर्जले प्रत्यक्ष प्रशारण गरेको थियो । महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्लामा रहेर विभिन्न संस्था र जिम्मेवारीमा सक्रिय रहंदै आएका नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिशेष गरी निर्वाचनको प्रचार प्रसारका क्रममा हुने गरेका हिंसात्मक घटना रोक्न दल र तिनका उम्मेदवारहरुले सार्वजनिक प्रतिवद्धता जाहेर गर्नुपर्ने आवाज उठाईएको थियो ।  नागरिक समाजले पनि आफ्नो भुमिकालाई विवादरहित र कुनै दलको कार्यकर्ताको रुपमा देखाउन नहुने,अनुगमनका नाममा दलको एजेण्ट बन्न नहुने बिषयमा छलफल गरिएको थियो ।