खेलकुद

च्याम्पियन्स लिगमा नापोलीमाथि मड्रिडको जित

By Dhading News

October 04, 2023

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनको रियाल मड्रिडले इटालीको नापोलीलाई ३–२ ले हराएको छ ।

इटालीमा भएको खेलमा भ्रमणकारी टोली रियाल मड्रिडलाई विजयी गराउन भिनिसियस जुनियर र जुडे बेलिङ्घमले एक एक गोल गर्दा नापोलीकै अलेक्स मेरेटले एक आत्माघाति गोल गरे । नापोलीका लागि ओस्टीगार्ड र जेलेन्स्कीले एक एक गोल गरे ।

उता समुह ‘ए’ को खेलमा जर्मनीको बायर्न म्युनिखले डेनमार्कको एफ.सी कोपनहेगनलाई २–१ ले हराउँदा टर्कीको गालातासारेले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडमाथि ३–२ को जित निकाल्यो । समुह ‘बि’ मा फ्रान्सको लेन्सले इंग्ल्याण्डको आर्सनललाई २–१ ले पराजित गर्दा नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभन र स्पेनको सेभियाले २–२ गोलको बराबरी खेले ।

मंगलबार राती नैं समुह ‘डि’ का खेलहरुमा इटालीको इन्टर मिलानले पोर्चुगलको बेन्फीकालाई १–० ले हराउँदा स्पेनको रियाल सोसिडाडले अष्ट्रियाको साल्जवर्गलाई २–० ले पाखा लगायो ।